FM News May 26 2007

From FOSS Nepal Community Wiki
Jump to: navigation, search

Free and Open Source Softwares (FOSS) News

(19th May – 25th May, 2007)

Prepared by Jwalanta Shrestha


न्युयोर्कको Stock Exchange अब लिनक्समा

New York Stock Exchange ले अब आफ्नो कामकाजहरु लिनक्समा गर्ने भएको छ। उनीहरुले प्रयोग गर्दै आइरहेको पुरानो Mainframe Computer हरुको सट्टा लिनक्स प्रयोग हुने IBM तथा HP का कम्प्युटरहरु प्रयोग गर्ने भएका छन्।

New York Stock Exchange का उपसभापति Francis Feldman का अनुसार लिनक्स प्रयोग गर्नुको प्रमुख कारण यो प्रयोग गर्न लाग्ने कम लगानी रहेको छ। उनीका अनुसार लिनक्सले New York Stock Exchange को कुल खर्चमा आधा कटौती ल्याउने छ।


सगरमाथाबाट पहिलो फोन कल

बेलायती पर्वतारोही Rod Baber ले सोमबार संसारको सर्वोच्च शिखर सगरमाथाको चुचुरोबाट पहिलो मोबाइल कल तथा SMS पठाइ विश्व रेकर्ड कायम गरेका छन्। Motorola ले प्रायोजन गरेको यस आरोहणमा उनले स्थानीय समय अनुसार बिहान ५:३७ बजे Mototola को Motorizr Z8 मोडेलको मोबाइल फोनद्वारा कल गरेका थिए।

सर्वोच्च शिखर सगरमाथाको चुचुरोबाट उनले voice mail account मा भने – यहाँ जाडो छ, र हिमालहरु जताततै छन्। म मेरा खुट्टाका औलाहरु अनुभव गर्न सकिरहेको छुइन। सबैजना खुसी छन्। हामी यहाँ रेकर्ड समयमा आइपुग्यौ।

उनले आफ्नो परिवारलाई पनि कल गरे, अनि Motorola का कर्मचारीहरुलाई SMS पठाए जसमा उनले भने - One small text for man, one giant leap for mobilekind -- thanks Motorola.

यो रेकर्ड कायम गर्नका लागि चाइना टेलिकमले सगरमाथाको base camp मा मोबाइलको टावर स्थापना गरेको थियो।


IBM को नयाँ Power6 Chip

IBM ले आफ्नो नयाँ कम्प्युटर microprocessor Power6 को बारेमा जानकारी दिएको छ। 4.7 गिगाहर्ज (GHz) मा चल्ने यो microprocessor IBM को पछिल्लो microprocessor Power5+ भन्दा दोब्बर छिटो छ। दोब्बर छिटो भइकन पनि यस microprocessor ले पुरानो microprocessor जत्तिकै बिजुली खपत गर्ने बताइएको छ।

IBM ले यो microprocessor System P र System I नामक server कम्प्युटरका निम्ति बनाएको हो। उक्त कम्प्युटरमा Unix र i5/OS चल्ने गर्दछन्।


ल्यापटप बिकासकर्ता Dell ले Tablet PC बनाउने

ल्यापटप तथा कम्प्युटर बिकासकर्ता Dell ले यस वर्षको अन्त्यसम्ममा Tablet PC हरु पनि बजारमा ल्याउने बताएको छ। Dell का general manager Jeff Clark का अनुसार यो Tablet PC अत्यन्तै हलुको, तथा यसमा pen तथा touch-screen interface हुने छ। Dell ले यस Tablet PC शिक्षा तथा स्वास्थ्य क्षेत्रमा प्रयोग हुने बताइको छ।


Google तथा खुला तथा स्वतन्त्र सफ्टवेयरहरू

Google का programs manager Chris DiBona का अनुसार हामीले हरेक पटक Google प्रयोग गर्दा खुला तथा स्वतन्त्र सफ्टवेयरहरू प्रयोग गरिरहेका हुन्छौ। eWeek संगको एक अन्तर्वार्तामा DiBona ले भने – Google ले प्रयोग गर्ने अधिकांश सफ्टवेयरहरु खुला तथा स्वतन्त्र हुने गर्दछन्।

Google को search engine लिनक्स server मा चल्ने गर्दछ, त्यसैले तपाईले हरेक पटक Google का माध्यमद्वारा इन्टर्नेटमा search गर्दा अप्रतक्ष रुपमा लिनक्स प्रयोग गरिरहनु भएको हुन्छ। त्यसतैगरी Google ले आफ्ना सफ्टवेयरहरु खुला तथा स्वतन्त्र सफ्टवेयरहरू प्रयोग गरी बनाउदछ, DiBona ले उक्त अन्तर्वार्तामा भने। गुगलले प्रयोग गर्ने प्रमुख खुला तथा स्वतन्त्र सफ्टवेयरहरूमा Python, Wine, Derby, Aspell, DSpace, Autoconf, MySQL, आदि पर्दछन्।