FM News May 19 2007

From FOSS Nepal Community Wiki
Jump to: navigation, search

Free and Open Source Softwares (FOSS) News

(12th May – 18th May, 2007)

Prepared by Jwalanta Shrestha and Prasanna Gautam

खुला तथा स्वतन्त्र सफ्टवेयरहरुले माइक्रोसफ्टका 235 वटा प्याटेन्ट उल्लंघन गरेको माइक्रोसफ्टको दाबी

माइक्रोसफ्टका अनुसार खुला तथा स्वतन्त्र सफ्टवेयरहरु जस्तै- लिनक्स, ओपनअफिस ले माइक्रोसफ्टका 235 वटा प्याटेन्ट उल्लंघन गरेका छन् । कुन कु्न प्याटेन्ट भने माइक्रोसफ्टले उल्लेख गरेको छैन । खुला तथा स्वतन्त्र सफ्टवेयर समुदाय र विशेषतः लिनक्सका सुरुवातकर्ता लिनस टोरभाल्डसबाट यस कदमको तिखो आलोचना भएको छ । माइक्रोसफ्टले आफुलाई कुनै मुद्दा लड्ने इच्छा नभएको बरु यी फिचरलाई लाइसेन्स गर्न चाहेको बताएको छ।

गुगलद्वारा नयाँ युनिभर्सल सर्चको सुरुवात

गुगलको होमपेजबाट अब तपाईले केवल लेखमात्र होइंन, भिडियो, चित्र, ब्लग आदि पनि सर्च गर्न सक्नुहुन्छ। युनिभर्सल सर्च भनिने यस उपयोगी फिचरबाट अब पहिले छुट्टै छुट्टै गर्नुपर्ने सर्चलाई एकै ठाउँमा ल्याएको छ।


ATI नयाँ ग्राफिक्स कार्ड बजारमा

ATI को नयाँ ग्राफिक्स कार्ड Radeon HD 2900 XT बजारमा उपलब्ध हुन थालेको छ। लामो समयको अन्तराल पश्चात बजारमा आएको यस ग्राफिक्स कार्ड लिनक्समा पनि चल्ने यस कार्डका निर्माता ATI ले जनाएको छ। क्षमताको हिसाबले यस ग्राफिक्स कार्ड अन्य शक्तिशाली ग्राफिक्स कार्ड जस्तै Nvidia को GeForce 8800 GTS सँग तुलना गर्न योग्य छ।

उबुन्तु लिनक्सको नयाँ संस्करण

उबुन्तु लिनक्सको नयाँ संस्करण Ubuntu Studio Edition 7.04 उपलब्ध भएको छ। उबुन्तु लिनक्सको यस संस्करणमा विशेषत श्रव्य-दृश्य सम्पादन कार्यहरूलाई प्राथमिकता दिइएको छ। उबुन्तु लिनक्सको फाईस्टि फन (Fiesty Fawn) मा आधारित यस संस्करण उबुन्तु लिनक्सको वेबसाईट www.ubuntustudio.com मा डाउनलोडका निम्ति उपलब्ध छ।


जापानी सरकारले अब खुला तथा स्वतन्त्र सफ्टवेयरको प्रयोग गर्ने

जापानी सरकारले अब आफ्नो सरकारी कामकाजका निम्ति खुला तथा स्वतन्त्र सफ्टवेयरहरू प्रयोग गर्ने भएको छ। खुला तथा स्वतन्त्र सफ्टवेयरहरू प्रयोग गर्दा कुनै एक सफ्टवेयर कम्पनीसँग आवद्ध भएर बस्नु नपर्ने तथा खर्चमा पनि निकै कटौति हुने भएकाले पनि जापनी सरकारले यो कदम चाल्न लागिएको हो।