FM News May 12 2007

From FOSS Nepal Community Wiki
Jump to: navigation, search

Free and Open Source Softwares (FOSS) News

(5th May – 11th May, 2007)

Prepared by Jwalanta Shrestha


रेड ह्याट ग्लोबल डेस्कटप (RedHat Global Desktop)

रेड ह्याट लिनक्सका बिकासकर्ता रेड ह्याटले आफ्नो नयाँ लिनक्स सञ्चालन प्रणाली ‘रेड ह्याट ग्लोबल डेस्कटप’ प्रयोगकर्ताहरुका लागि उपलब्ध गराएको छ। यो लिनक्स सञ्चालन प्रणाली विशेषत: डेस्कटप प्रयोगकर्ताहरुमा केन्द्रित रहेको र यसमा आधुनिक user experience लाई प्राथमिकता दिइएको रेड ह्याटले बताएको छ।


उबुन्तु लिनक्सको मोबाइल संस्करण

प्रख्यात लिनक्स सञ्चालन प्रणाली उबुन्तु अब मोबाइल उपकरणहरुका लागि पनि उपलब्ध हुने भएको छ। उबुन्तुका बिकासकर्ताहरुले यस कार्यका निम्ति कम्प्युटर चिप बिकासकर्ता इन्टेल (Intel) संग सहकार्य गर्ने भएका छन्। उबुन्तु लिनक्सको यस मोबाइल संस्करणमा ब्याट्रिको उर्जा ब्यबस्थापनलाई प्रमुख प्राथमिकता दिइने छ।


PHP को नयाँ संस्करण

Dynamic वेबसाइटहरु निर्माण गर्न प्रयोग गरिने PHP Programming Language को नयाँ संस्करण PHP ५.२.२ उपलब्ध भएको छ। यस नयाँ संस्करणमा पुराना संस्करणहरुमा रहेका stability र security का समस्याहरुलाई हटाइएको छ।

OpenBSD 4.1 को नयाँ संस्करण

खुला तथा स्वतन्त्र सञ्चालन प्रणाली OpenBSD को नयाँ संस्करण 4.1 उपलब्ध हुन थालेको छ। यस नयाँ संस्करणमा हार्डवेयर सञ्चालन प्रविधिमा विशेष सुधार गरिनुका साथै UltraSPARC III जस्ता नयाँ कम्प्युटर Architecture हरुमा पनि चल्ने बनाइएको छ।


Dell ले आफ्नो Laptop मा उबुन्तु लिनक्स राख्‍ने

प्रख्यात ल्यापटप बिकासकर्ता डेल (Dell) ले अब लिनक्स राखिएका ल्यापटपहरु पनि बजारमा ल्याउने भएको छ। मे महिनाको अन्तयसम्ममा उबुन्तु लिनक्सको फाइस्टि फन (Fiesty Fawn) संस्करण राखिएका ल्यापटपहरु बजारमा आउने जानकारी डेल ले दिएको छ।