FM News June 2 2007

From FOSS Nepal Community Wiki
Jump to: navigation, search

Free and Open Source Softwares (FOSS) News

(25th May – 1st June, 2007)

Prepared by Jwalanta Shrestha (FOSS Nepal Community)


कागजझै पातलो, मोड्न मिल्ने video displays हरु

Sony ले निकै समयदेखि बनाउन प्रयत्न गरिरहेको कागजझै पातलो, मोड्न मिल्ने video display को बिकास गरेको छ। Sony ले बिकास गरेको यस video display मोडिएकै अवस्थामा पनि video देखाउन सक्षम छ। यस २.५ इन्चको video display को मोटाइ मात्र ०.३ millimeter छ।

“भविष्यमा यसलाई हातमा बाध्न वा लुगा जस्तै पहिरन सकिनेछ, वा भित्तामा टाँस्न सकिनेछ", Sony का संवाददाताले भने। तर यस display मा अझै धेरै सुधार गर्न बाँकी नै छ र यो display बजारमा आउन केहि समय अझै लाग्ने sony ले बताएको छ।


स्कुलहरुका लागि wikipedia

अंग्रेजी Wikipedia र SOS Children का स्वयंसेवकहरुले Wikipedia को विद्यालय संस्करण निकालेका छन्। यस संस्करणमा अंग्रेजी Wikipedia का लेखहरुलाई काँटछाँट गरी स्कुले बिद्यार्थीहरुका लागि उपयुक्त बनाइएको छ। Wikipedia का राम्रा लेखका साथै यस Wikipedia को विद्यालय संस्करणमा बिद्यार्थीहरुका लागि उपयुक्त हुने अन्य लेख तथा सामाग्रीहरु पनि राखिएको छ।

Wikipedia को यस विद्यालय संस्करण लगभग १५ वटा encyclopedia बराबर हुने बताइएको छ जसमा लगभग २४,००० तस्विर, १ करोड ४० लाख शब्दहरु र ४,६२५ लेखहरु हुने गर्दछन्। Wikipedia को यस विद्यालय संस्करण http://www.soschildrensvillages.org.uk बाट download गर्न सकिनेछ वा DVD मगाउनु परेमा info@tuxlabs.co.za मा सम्पर्क गर्न पनि सकिन्छ।


Palm को नयाँ संचार उपकरण

प्रख्यात मोवाइल उपकरण निर्माता Palm ले अब laptop आकारको संचार उपकरण Foleo बजारमा ल्याउने भएको छ। Linux सञ्चालन प्रणाली भएको यस उपकरणलाई Palm ले "नयाँ प्रकारको संचार उपकरण ” भनेको छ। १० इन्चको screen तथा पुर्ण आकारको keyboard भएको यस उपकरणद्वारा प्रयोगकर्ताले इमेल, इन्टर्नेटका साथै document हरु पनि पढ्न, लेख्न सक्नेछन। १ किलोभन्दा कम वजन भएको यस Foleo को ब्याट्रि ५ घण्टा सम्म चल्ने बताइएको छ।


सौर्य उर्जाद्वारा चल्ने मोबाइल फोन

मोबाइल फोन निर्माता Motorola ले सौर्य उर्जाद्वारा charge गर्न सकिने मोबाइल फोनको बिकास गरेको छ। यस मोबाइल फोनमा रहेको display ले solar charger को पनि काम गर्ने Motorola ले बताएको छ। सौर्य उर्जाद्वारा ब्याट्रि चार्ज गर्ने छुट्टै उपकरणहरु बजारमा पाइने गरेता पनि मोवाइलमै ब्याट्रि चार्ज गर्ने ब्यवस्था भएको यो पहिलो मोवाइल हो।

हुन त घामबाटै मोवाइल चार्ज गर्नु सधै व्यवहारिक नहुन सक्छ, तर बिजुली नभएको अबस्थामा Motorola को यो मोबाइल फोन वरदान साबित हुन सक्छ।