FM News June 23 2007

From FOSS Nepal Community Wiki
Jump to: navigation, search

Free and Open Source Softwares (FOSS) News

(June 23rd, 2007)

Prepared by Jwalanta Shrestha (FOSS Nepal Community)


नेपालीनक्सको नयाँ संस्करण

नेपालीनक्सको नयाँ संस्करण २.० सार्वजनिक भएको छ। नेपालीनक्सका बिकासकर्ता तथा वितरक मदन पुरस्कार पुस्तकालयका अनुसार नेपालीनक्सको यस संस्करण स्थानीकृत सञ्चालन प्रणाली नेपालीनक्सको निरन्तरता हो। यसअघि नेपालीनक्सको १.० र १.१ सार्वजनिक भैसकेका छन्। डेबियन र मर्फिक्समा आधारित तथा नेपाली भाषामा स्थानीकृत गरिएको नेपालीनक्स GPL License अन्तर्गत उपलब्ध छ।

नेपालीनक्सको यस संस्करण प्रयोगको हिसाबले सक्दो सरल त कम प्राबिधिक रहेको छ। नेपालीनक्स २.० को प्रमुख आकर्षणहरुमा दुई डेस्कटप परिवेश GNOME र KDE मध्ये कुनै एउटा रोजेर चलाउन सकिने रहेको छ। नेपालीनक्स २.० प्याकेजमा दुई अलग सीडीहरु समाविष्ट छन् जस मध्ये एक सीडीमा GNOME डेस्कटप परिवेश संलग्न नेपालीनक्स सञ्चालन प्रणाली छ भने अर्को सीडीमा KDE डेस्कटप परिवेश संलग्न नेपालीनक्स सञ्चालन प्रणाली छ।

नेपालीनक्सका अन्य आकर्षणहरुमा परिमार्जित हिज्जे परीक्षक सहित स्थानीकृत OpenOffice.org, थप हार्डवेयर समर्थन तथा सुधारिएको र एकरुप अनुवाद रहेका छन्।

नेपालीनक्सको यस संस्करण मदन पुरस्कार पुस्तकालयको पाटनढोकास्थित कार्यालय वा नेपालीनक्सको वेबसाइट www.nepalinux.org बाट प्राप्‍त गर्न सकिनेछ।


Google र Intel द्वारा उर्जा बचाउने अभियान

Google र Intel द्वारा कम बिजुली खर्च हुने कम्प्युटरको बिकासका लागी Climate Savers Computing Initiative नामक कार्यक्रम सुरु गरेको छ। उनीहरुका अनुसार यस्ता कम्प्युटरहरुले बिजुलीको बचत गर्नुका साथै हरितगृह प्रभावलाई पनि कम गर्ने छ।

Dell, HP, IBM, Lenovo, Canonical, Linux Foundation, Red Hat, Ubuntu, Microsoft र अन्य करिब ३० कम्पनीहरु यस परियोजनामा सम्मिलित भएका छन्।

हामीले प्रयोग गर्ने सामान्य कम्प्युटरले करिब आधा बिजुली खेर फाल्ने गर्छ। त्यस्तै, सर्भर कम्प्युटरले एक तिहाई बिजुली खेर फाल्ने गर्छ। यदि यस Climate Savers Computing Initiative परियोजना सफल भएको खण्डमा सन् २०१० सम्ममा कम्प्युटरमा खेर जाने करिब १०,००० मेगावाट बराबरको उर्जा बचत हुने छ।


लिनक्स मोबाइलसम्बन्धी standards

Linux Phone Standards Forum (LiPS) ले मोबाइलमा प्रयोग हुने प्रबिधि र सफ्टवेयरमा एकरुपता ल्याउनका निम्ति लिनक्स मोबाइलसम्बन्धि standards प्रकाशित गर्ने भएको छ। मोबाइल फोनहरुमा लिनक्सको प्रयोग बढिरहेको अवस्थामा LiPS को यस प्रकाशन निकै महत्वपुर्ण रहने छ।

सन् २००७ को अन्त्य सम्ममा यस प्रकाशनको कार्य सकिसक्ने लक्ष्य लिएको LiPS ले २००८ मा लिनक्स मोबाइल सम्बन्धि अन्य विवरणहरु पनि प्रकाशन गर्ने बताएको छ। यी सबै प्रकाशनहरु LiPS को वेबसाइट www.lipsforum.org मा हेर्न सकिन्छ।