FM News June 16 2007

From FOSS Nepal Community Wiki
Jump to: navigation, search

Free and Open Source Softwares (FOSS) News

(9th June – 15th June, 2007)

Prepared by Jwalanta Shrestha (FOSS Nepal Community)


Fedora लिनक्सको नयाँ संस्करण

Fedora लिनक्सको नयाँ संस्करण Fedora 7 Moonshine उपलब्ध हुन थालेको छ। Linux को बहुप्रतिक्षित यस संस्करणमा ७५०० भन्दा बढी package हरु समावेस गरिएको छ। Desktop प्रयोगकर्ताका लागि Fedora Linux को यस संस्करणमा GNOME र KDE डेस्कटप प्रणालीका रुपमा रहेका छन्। त्यस्तै Laptop हरुका लागि पनि यस संस्करणमा ब्याट्रिको कम खर्च हुने प्रणालीको बिकास गरिएको छ।

GNU GPL 3.0 को अन्तिम draft

खुला तथा स्वतन्त्र सफ्टवेयर दुनियाँको प्रमुख सफ्टवेयर license GNU General Public License को तेस्रो संस्करण जुन महिनाको अन्त्य सम्ममा प्रकाशित हुने भएको छ। करिब १८ महिनाको लामो छलफल पश्चात बहुप्रतिक्षित यस license लाई अन्तिम पटक छलफलका लागि इन्टर्नेटमा राखिएको छ। “Final Call” भनिएको यस अन्तिम draft २९ दिन सम्म टिप्पणीका निम्ति खुला हुने Free Software Foundation (FSF) ले जनाएको छ।

OpenOffice.org अब Mac का लागि पनि

OpenOffice.org अब Apple Mac कम्प्युटरका लागि पनि उपलब्ध हुन थालेको छ। OpenOffice.org लाई Mac मा पनि चल्ने बनाउन लागिपरेका समुहले यस Office Suite को पहिलो Mac संस्करण निकालेका छन्। तर उनीहरुका अनुसार यस सम्बन्धि अझै काम भइरहेकाले आफ्ना कामहरुका लागि यस सफ्टवेयरमा पुरै भर नपर्न सल्लाह दिएका छन्।

दक्षिण अफ्रिकाको First National Bank अब लिनक्समा

दक्षिण अफ्रिकाको First National Bank ले अब आफ्नो काम कारबाही लिनक्समा गर्ने भएको छ। कम्प्युटरहरुमा लिनक्स हाल्ने यस कार्यको जिम्मा Novell South Africa ले पाएको छ। यस ब्याङ्कका ६८० वटा शाखाहरुमा छरिएर रहेका करिब १२००० कम्प्युटरमा लिनक्स राखिने कुरा Novell South Africa ले जनाएको छ। दक्षिण अफ्रिकामा खुला तथा स्वतन्त्र सफ्टवेयरको प्रयोग यति ठुलो मात्रामा भएको यो संभवत पहिलो घटना हो।

खुला स्रोत भएको पहिलो मोवाइल फोन

OpenMoko Neo1973 नामक खुला स्रोत भएको विश्वको पहिलो मोवाइल फोन यहि September सम्ममा बजारमा आउने भएको छ। यस मोबाइल फोनको प्रबिधि Apple को iPhone संग तुलना गर्न योग्य रहेको जनाइएको छ। यस मोबाइल फोन मा 2.5G प्रबिधि रहने तथा WiFi र GPS सुबिधा पनि रहने जनाइएको छ। यस फोनको circuit तयार भैसकेको छ, जुन खुला तथा स्वतन्त्र छ। यस मोवाइलको मुल्य सुरुमा ३५० डलर पर्ने बताइएको छ।