FM News July 7 2007

From FOSS Nepal Community Wiki
Jump to: navigation, search

Free and Open Source Softwares (FOSS) News

(July 7th, 2007)

Prepared by Jwalanta Shrestha (FOSS Nepal Community)


GNU GPL लाइसेन्सको तेस्रो संस्करण प्रकाशित

१८ महिनाको लामो छलफलपश्चात खुला तथा स्वतन्त्र सफ्टवेयरको प्रमुख लाइसेन्स GNU GPL को तेस्रो संस्करण Free Software Foundation को Boston स्थित प्रधान कार्यालयमा एक समारोहबिच प्रकाशित भयो। १६ बर्ष पहिले खुला तथा स्वतन्त्र सफ्टवेयरका अगुवा Richard Stallman द्वारा लेखिएको यस लाइसेन्स तेस्रो संस्करणसम्म आइपुग्दा खुला तथा स्वतन्त्र सफ्टवेयरको बिकास र प्रयोगका बारे थप सुबिधाहरु थपिएको छ। त्यसतै GPL को दोस्रो संस्करणमा भएका कमीकमजोरी तथा अस्पष्ट रहेका कुराहरुलाई सुधारिएको छ। त्यसतै GPL को यस नयाँ संस्करणमा खुला तथा स्वतन्त्र सफ्टवेयरको अर्को प्रमुख लाइसेन्स Apache License सँग पनि समायोजन गरिएको छ।


लिनक्समा NTFS को प्रयोग

१२ वर्षको लामो प्रयासपश्चात अन्तत: लिनक्समा Windows को NTFS File-system पुर्ण रुपले चलाउन सकिने भएको छ। हुन त लिनक्समा NTFS File-system चलाउने सुविधा त नभएको हैन, तर Windows बन्द स्रोत भएको सफ्टवेयर भएको कारणले गर्दा NTFS सुविधा प्रयोग गर्न गार्‍हो हुदै आएको थियो। तर अब NTFS-3G नाम दिइएको File-system driver को मद्दतबाट Windows को NTFS File-system सजिलैसँग पढ्न तथा लेख्‍न सकिने भएको छ। यस सफ्टवेयर www.ntfs-3g.org वेबसाइटबाट डाउनलोड गर्न सकिन्छ।


Slackware को नयाँ संस्करण १२.० प्रकाशित

लिनक्सको सबैभन्दा पुरानो distribution Slackware को नयाँ संस्करण १२.० प्रकाशित भएको छ। Slackware का बिकासकर्ताहरुका अनुसार यस नयाँ संस्करणमा निकै धेरै सुबिधाहरु थपिएका छन, त यदि तपाई Slackware चलाउनुहुन्छ भने यस नयाँ संस्करणमा upgrade गर्न सल्लाह दिइएको छ। यस नयाँ संस्करणमा निम्न कुराहरु सुधार गरिएको छ।

नयाँ desktop प्रणालीहरु - Xfce 4.4.1 र KDE 3.5.7

USB हार्डवेयरहरुको थप समर्थन

3D graphics का लागि kernel मा सुबिधा

PCMCIA, CardBus, USB, FireWire र ACPI को थप सुबिधा

एक भन्दा बढि processor प्रयोग गर्ने सुबिधा


Google Desktop अब लिनक्समा पनि

आफ्नो कम्प्युटरका फाइलहरु webpage खोजी गरेजस्तै खोज्न सकिने सफ्टवेयर Google Desktop को लिनक्स संस्करण बिकसित भएको छ। अहिले beta संस्करणमा रहेको यस सफ्टवेयरको माध्यमबाट आफ्नो कम्प्युटरमा रहेका कागजात तथा इमेलहरु खोज्न सकिन्छ। मुलत: Windows तथा Mac OS X का निम्ति बनाइएको यस सफ्टवेयरको लिनक्स संस्करणमा Windows तथा Mac OS X मा भएका सबै सुबिधाहरु अहिले समाबेश नगरिएको तर भविष्यमा समावेश गरिने कुरा यस सफ्टवेयरका निर्माता Google ले बताएको छ। Google Desktop को यस लिनक्स संस्करण Debian, Fedora, Ubuntu, Suse तथा अन्य लिनक्समा प्रमुख distribution हरुमा चल्ने बताइएको छ।