FM News July 28 2007

From FOSS Nepal Community Wiki
Jump to: navigation, search

Free and Open Source Softwares (FOSS) News

(July 28th, 2007)

Prepared by Jwalanta Shrestha (FOSS Nepal Community)


Skolelinux को नयाँ संस्करण

स्कुल तथा स्कुले बिद्यार्थीहरुका लागि बनाइएको Skolelinux को नयाँ संस्करण ३.० प्रकाशित भएको छ। Terra नाम दिइएको यस संस्करण Debian Linux को ४.० संस्करणमा आधारित छ र यसमा KDE डेस्कटप प्रणाली प्रयोग गरिएको छ। मुख्यतया नर्वेका बिकासकर्ताहरुले बिकास गर्ने यस Skolelinux ५० भन्दा बढी भाषाहरुमा उपलब्ध छ र ५० भन्दा बढि राष्ट्रहरुका बिभिन्‍न शैक्षिक संस्थाहरुले यस लिनक्सको प्रयोग गर्ने गर्छन्। Skolelinux सबैखाले कम्प्युटर र प्रोसेसरहरुमा चल्ने गर्दछ। यस लिनक्स कम्प्युटरमा हाल्नका लागि यसको DVD Skolelinux को वेबसाइट http://wiki.debian.org/DebianEdu/Download मा उपलब्ध छ।


Dell ले लिनक्स राखिएका अझ बढि कम्प्युटरहरु बनाउने

कम्प्युटर तथा ल्यापटप बिकासकर्ता Dell ले अब अझ बढि कम्प्युटरहरुमा माइक्रोसफ्ट विन्डोजको सट्टा लिनक्स राख्ने भएको छ। गत मे महिनादेखि Dell ले उबुन्तु लिनक्स राखिएका ल्यापटपहरु बजारमा ल्याएको थियो, जसको सफलताको कारणले Dell ले यो कदम चाल्न लागेको हो।


Intel को सबैभन्दा छिटो Quad-Core प्रोसेसर अब बजारमा

Intel ले अहिलेसम्मकै सबैभन्दा छिटो Caneland नामक quad-core प्रोसेसर बजारमा ल्याएको छ। Quad core भन्‍नाले त्यस्ता प्रोसेसरहरु हुन् जसमा एउटै प्रोसेसर भित्र ४ वटा प्रोसेसरका chip हरु राखिएका हुन्छन्। २.९३ गिगाहर्जको यस प्रोसेसर अघिल्लो dual core Xeon 7100 प्रोसेसर भन्दा दोब्बर छिटो छ। सर्भर कम्प्युटरहरुका लागि बनाइएको यस प्रोसेसर छिटो भइकन पनि कम उर्जा खपत गर्ने बताइएको छ। यस प्रोसेसर संगसंगै Intel ले एकभन्दा बढि chip हरु भएका प्रोसेसरहरुका निम्ति सफ्टवेयर निर्माण गर्नका लागि आवश्यक पर्ने निर्माण सफ्टवेयरहरु पनि प्रकाशित गरेको छ जुन खुला तथा स्वतन्त्र लाइसेन्स GNU GPL मा आधारित छ।


प्रति बच्‍चा एक ल्पापटप (OLPC) को हार्डवेयर उत्पादन सुरु

बिकासोन्मुक देशहरुका बालबालिकाहरुलाई करिब १०० डलर पर्ने कम्प्युटर दिने उद्देश्यले सुरु गरिएको प्रति बच्‍चा एक ल्पापटप परियोजनाले ल्पापटपहरु उत्पादन गर्न सुरु गरेको छ। अहिले उत्पादन गरिएको ल्पापटपको मुल्य १७५ रहेको छ, ल्यापटपको मुल्य १०० डलरमा झार्न अहिलेको भन्दा बढि मात्रामा उत्पादन गर्नु पर्ने बताइएको छ।

अहिले उत्पादन गरिएको ल्यापटपहरुमध्ये १० लाख प्रति ल्पापटप नाइजेरियाले तथा १२ लाख प्रति लिबियाले किन्‍ने भइका छन्। यी देशहरुले आफ्ना बालबालिकाहरुलाई ल्याइटप दिने प्रतिबद्दता व्यक्त गरिसकेका छन्।