FM News July 21 2007

From FOSS Nepal Community Wiki
Jump to: navigation, search

Free and Open Source Softwares (FOSS) News

(July 21st, 2007)

Prepared by Jwalanta Shrestha (FOSS Nepal Community)

Intel ले mobile Linux बिकासकर्तालाई सहयोग गर्ने

कम्प्युटर चिप बिकासकर्ता Intel ले अब लिनक्सको मोबाइल संस्करणका बिकासकर्तालाई सहयोग गर्नका निम्ति Mobile and Internet Linux Project नामक वेबसाइटको सुरुवार गरेको छ। "अब आउदो ३ वर्षमा लिनक्स मोबाइलमा हुने कार्यहरुलाई यसले सहयोग गर्ने आशा लिएका छौ", Intel का प्रमुख लिनक्स तथा खुला स्रोत प्राबिधिक Dirk Hohndel ले भने। बिकासकर्ताहरुलाई सहयोग गर्नका निम्ति Intel ले source code भण्डारण गर्ने तथा mailing list जस्ता सुबिधाहरु प्रदान गर्ने बताएको छ। लिनक्सको मोबाइल संस्करणमा अहिलेको प्रमुख समस्याहरु उर्जा ब्यबस्थापन, wireless network, web browsing जस्ता कार्यहरुलाई प्रमुख प्राथमिकता दिइने Intel ले बताएको छ।


Firefox को प्रयोग बढ्दो

स्वतन्त्र तथा खुला स्रोत भएको web browser Firefox को प्रयोग बढ्दो रहेको पछिल्‍ला तथ्यांकहरुले बताएको छ। गत हप्‍ता करिब ९०,००० वेबसाइटहरुमा गरिएको विश्लेषणमा Firefox को प्रयोग २७.८% रहेको छ जुन गत महिनाको भन्दा ३.७% बढि हो। उक्त विश्लेषण अनुसार अहिले Internet Explorer को बजार ६६.५ प्रतिशत रहेको छ। त्यस्तै अन्य browser हरु जस्तै Safari, Opera हरुको बजार ५.७% रहेको छ।


CUPS को स्वामित्व अब Apple संग

लिनक्स तथा अन्य खुला तथा स्वतन्त्र सञ्चालन प्रणालीहरुमा मुद्रणका लागि प्रयोग हुने CUPS सफ्टवेयरको source code को स्वामित्व Apple Inc. ले खरिद गरेको छ। यसका साथसाथै CUPS का बिकासकर्ता Michael R Sweet पनि अब Apple का लागि काम गर्ने भएका छन्। तर CUPS को license मा कुनै परिवर्तन नआउने र यो पहिले जस्तै GPL2/LGPL2 license अन्तर्गत रहने बताइएको छ।