FM News August 4 2007

From FOSS Nepal Community Wiki
Jump to: navigation, search

Free and Open Source Softwares (FOSS) News

(August 4th, 2007)

Prepared by Jwalanta Shrestha (FOSS Nepal Community)


SourceForge द्वारा उत्कृष्‍ट खुला तथा स्वतन्त्र सफ्टवेयरहरुलाई पुरस्कृत

खुला तथा स्वतन्त्र सफ्टवेयरहरुको प्रमुख वेबसाइट sourceforge.net ले उत्कृष्ट खुला तथा स्वतन्त्र सफ्टवेयरहरुलाई पुरस्कृत गरेको छ। पुरस्कारहरु प्रमुख ११ बिधाहरुमा वितरण गरिएको थियो। पुरस्कार पाउने सफ्टवेयरहरु निम्नानुसार छन्।

उत्कृष्ट सफ्टवेयर: 7-Zip

उत्कृष्ट नयाँ सफ्टवेयर: eMule and Launchy

बिकासकर्ताका लागि उत्कृष्ट utility सफ्टवेयर: TortoiseSVN

व्यापारिक प्रयोजनका लागि उत्कृष्ट सफ्टवेयर: Firebird

कम्प्युटर खेलसम्बन्धी उत्कृष्ट सफ्टवेयर: ScummVM

उत्कृष्ट Multimedia सफ्टवेयर: Audacity

सुचना आदानप्रदानका लागि उत्कृष्ट सफ्टवेयर: phpBB

प्रयोगकर्ताहरुको सुबिधामा ध्यान पुर्‍याइएको उत्कृष्ट सफ्टवेयर: Firebird

उत्कृष्ट निर्माण: 7-Zip

उत्कृष्ट सामुहिक बिकास: Azureus

System Administrator हरुका लागि बनाइएको उत्कृष्ट सफ्टवेयर: phpMyAdmin


IBM को सर्भर कम्प्युटर परिवर्तन

IBM ले अब आफ्नो करिब ३९०० सर्भर कम्प्युटरहरुलाई ३० वटा लिनक्समा चल्ने System Z Mainframe कम्प्युटर सर्भरमा परिवर्तन गर्ने भएको छ। यस वृहत परिवर्तनको प्रमुख कारण उर्जा रहेको छ। यस नयाँ सर्भर प्रणालीले पहिलेको भन्दा करिब ८० प्रतिशत उर्जा बचत गर्ने बताइएको छ। यस परिवर्तन परियोजनालाई Big Green नाम दिइएको छ।


Acer का लिनक्स ल्यापटप कम्प्युटरहरु बजारमा

Acer ले Aspire 5107Z नामक लिनक्स राखिएका ल्यापटप कम्प्युटरहरु बजारमा ल्याउन थालेको छ। तर यस ल्यापटपमा प्रख्यात उबुन्तु लिनक्स नभइ Linpus नामक लिनक्स सञ्चालन प्रणाली राखिएको छ। यस ल्यापटपको मुल्य करिब ६६० डलर रहेको बताइएको छ। यस ल्यापटपमा १.७३ गिगाहर्जको Intel Core Duo प्रोसेसर, १५.४ इन्चको मनिटर, १ GB र्‍याम र ८० GB को हार्डडिस्क रहेको छ।