FM News August 25 2007

From FOSS Nepal Community Wiki
Jump to: navigation, search

Free and Open Source Softwares (FOSS) News

(August 25, 2007)

Prepared by Jwalanta Shrestha (FOSS Nepal Community)


सोनी को चिनीबाट चल्ने ब्याट्री

विश्वको प्रमुख ब्याट्री निर्माताहरू मध्ये एक सोनीले चिनीबाट चल्ने ब्याट्रीको विकास गरेको छ। यस जैविक ब्याट्रीको लम्बाइ ३९ मिलि मिटर छ र यसले ५० मिलि वाट बिजुली उत्पादन गर्ने गर्दछ। सोनीले यस प्रकारको ब्याट्री आफ्ना वाकमेनहरूका लागि विकास गरेको बताएको छ। चिनीमा इन्जाइमका कारणले हुने प्रतिक्रियाका माध्यमद्वारा यस प्रकारको ब्याट्रीमा उर्जा उत्पन्न हुने गर्दछ।

चिनी सर्वत्र उपलब्ध हुने हुँदा यस्ता ब्याट्री वातावरणीय हिसाबले पनि सुरक्षित हुने कुरा सोनीले बताएको छ।


गुगल अर्थमा अन्तरिक्षको पनि फोटो

अन्तरिक्षबाट खिचिएको पृथ्वीको फोटोहरू हेर्न सकिने गुगल अर्थमा अब अन्तरिक्षको पनि फोटोहरू हेर्न पाइने भएको छ। हब्बल टेलिस्कोप तथा अन्य स्रोतबाट लिइएको उक्त फोटोहरू गुगल अर्थको 'स्काई' नामक प्रणालीद्वारा हेर्न सकिन्छ।

अन्तरिक्षको उक्त नक्सा निर्माण गर्नका लागि गुगलका इन्जिनियरहरूले CalTech को Palomar Observatory, Space Telescope Science Institute, Digital Sky Survey Consortium, Sloan Digital Sky Survey, United Kingdom Astronomy Technology Center र Anglo-Australian Observatory बाट प्राप्‍त तस्विरहरू को प्रयोग गरेका थिए। गुगल अर्थको यस अन्तरिक्ष सँस्करणमा करिब १० करोड ताराहरू तथा २ करोड आकाशगंगाहरू देख्‍न सकिने बताइएको छ। गुगल अर्थद्वारा अन्तरिक्ष हेर्नका निम्ति गुगल अर्थको सफ्टवेयर डाउनलोड गर्नु पर्ने हुन्छ, जुन गुगलको earth.google.com वेवसाइटमा उपलब्ध छ।


Seagate ले Flash Hard-disk बनाउने

विश्वको प्रमुख हार्ड डिस्क विकासकर्ता Seagate ले अब Flash मेमोरी मा आधारित हार्ड डिस्कहरू पनि बनाउने भएको छ। Flash मेमोरी को मूल्य घट्दै गइरहेको तथा सानो आकारमा पनि उत्पादन हुन थालेकाले Flash मेमोरी मा आधारित हार्ड डिस्कहरू बनाउन सम्भव भएको हो। यस्ता हार्ड डिस्कहरू छिटो, हलुका तथा ठोक्किदा पनि केही नहुने खालका हुन्छन्, जुन ल्यापटपजस्ता बोकेर हिँड्ने सामानहरूका निम्ति उपयुक्त हुने गर्दछ।