FM News August 18 2007

From FOSS Nepal Community Wiki
Jump to: navigation, search

Free and Open Source Softwares (FOSS) News

(August 18, 2007)

Prepared by Jwalanta Shrestha (FOSS Nepal Community)

APC अवार्डमा नेपालीनक्स मनोनीत

खुला तथा स्वतन्त्र सफ्टवेयर प्रयोग गर्ने सर्वसाधारणलाई सहयोग गरे बापत प्रदान गरिने APC Chris Nicol पुरस्कारको मनोनयनमा लिनक्सको नेपाली संस्करण नेपालीनक्स पनि परेको छ। मनोनयनमा पर्ने अन्य परियोजनाहरू यस प्रकार छन्:

  • Extramadura's Technological Literacy and Free Software Plan, स्पेन
  • Free Geek, अमेरिका
  • Gleducar, अर्जेन्टिना
  • KLDP, दक्षिण कोरिया
  • MetaReciclagem, ब्राजिल
  • Saregune, स्पेन

यस पुरस्कार Association for Progressive Communications (APC) नामक संस्थाले प्रदान गर्ने गर्दछ। पुरस्कारको राशि ४,००० डलर रहेको छ।


नोकियाले ४ करोड ६० लाख ब्याट्रि बदल्ने

ब्याट्रि छिटो तात्‍ने खराबीका कारणले गर्दा मोबाइल बिकासकर्ता नोकियाले ४ करोड ६० लाख ब्याट्रि बदल्ने भएको छ। BL-5C मोडेलका उक्त खराब ब्याट्रिहरु जापानको मात्सुसिता ब्याट्रि कम्पनीले उत्पादन गरेको थियो। यस ब्याट्रि नोकियाका बिभिन्न मोडेलका फोनहरुमा प्रयोग हुने गर्छ।

सर्किटको खराबीका कारणले गर्दा धेरै चार्ज गर्दा कुनै कुनै ब्याट्रिहरु पड्किने समस्या देखा परेको नोकियाले बताएको छ। अहिलेसम्म करिब १०० यस्ता घटनाहरु भैसकेका छन्, तर अहिलेसम्म कुनै मानवीय क्षति भने भएको छैन।