FM News August 11 2007

From FOSS Nepal Community Wiki
Jump to: navigation, search

Free and Open Source Softwares (FOSS) News

(August 11, 2007)

Prepared by Jwalanta Shrestha (FOSS Nepal Community)


Motorola ले अझ बढी लिनक्स राखिएका मोवाइल फोन हरु बनाउने

Motorola ले अबको २ वर्षमा आफ्ना ६० प्रतिशत फोनहरुमा लिनक्स राख्ने बताएको छ। Motorola को बहुप्रतिक्षित Razr2 मा पनि लिनक्स नै राखिने Motorola ले बताएको छ।

अधिकांश मोबाइल फोनहरुमा मोबाइल कम्पनीले नै बनाएका आफ्नै खालका सफ्टवेयरहरु प्रयोग हुने गर्दछन्। तर Motorola ले मोबाइलमा चल्ने Motomagx नामक लिनक्सको संस्करणको बिकास गरेको छ। लिनक्सको यस मोबाइल संस्करणमा इन्टर्नेटमा रहेका जटिल वेबसाइटहरुलाई पनि हेर्न सकिने सुबिधा रहेको छ।


Apple को नयाँ iMac

iMac कम्प्युटरका निर्माता Apple ले नयाँ मोडेलका iMac डेस्कटप कम्प्युटरहरु बजारमा ल्याएको छ। अल्मुनियम तथा सिसाको बाहिरी आवरण रहेका यी कम्प्युटरहरु २० इन्च तथा २४ इन्चका मोडेलहरुमा उपलब्ध छन्। यी कम्प्युटरहरुमा २.८ गिगाहर्जको Intel Core 2 Duo प्रोसेसर राखिएका छन्। त्यस्तै सफ्टवेयरहरुमा Apple द्वारा बिकसित iLife तथा iWorks राखिएका छन्।


अब Lenovo का ल्यापटपहरुमा पनि लिनक्स हालिने

ल्यापटप बिकासकर्ता Lenovo ले अब लिनक्स राखिएका ल्यापटपहरु पनि बजारमा ल्याउने भएको छ। Lenovo का Thinkpad नामक ल्यापटपहरुमा Novellको SUSE Linux Enterprise Desktop 10 राखिने बताइएको छ। खुला तथा स्वतन्त्र सफ्टवेयरहरुको विद्यार्थी तथा व्यापारिक वर्गमा बढ्दो आकर्षणका कारण यस कदम चाल्न लागिएको Lenovo ले बताएको छ। यस अघि Dell ले लिनक्स राखिएका ल्यापटपहरुमा बजारमा ल्याएको थियो।


चीनले CRT मनिटरहरुको निर्माण जारी राख्ने

जापान लगायत अन्य देशहरुले CRT कम्प्युटर मनिटर तथा टिभि को निर्माण बन्द गर्ने क्रम बढिरहेको बेला, चीनले त्यस्ता मनिटरहरुको उत्पादन जारी राख्ने बताएको छ। बिकसित मुलुकहरुमा LCD तथा Plasma टिभि तथा मनिटरहरुको प्रयोग बढिरहे पनि अन्य मुलुकमा सस्तो पर्ने हुनाले CRT मनिटरहरुलै बढि प्रयोग हुने हुँदा चीनले यस्तो निर्णय लिएको हो।